महान्यायधिवक्ता बडालद्वारा राजीनामा

मंगलबार, असार २९, २०७८

काठमाडौँ । सरकारका कानूनी सल्लाहकार रमेश बडालले  पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन् । बडालले रासससँग कुरा गर्दै भने, ‘मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।’ सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उनले तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार