ब्राजिलमा राेकिएन काेभिडकाे मृत्युदर

साेमबार एकै दिन १९ बाट ५९५ जनाको मृत्यु
मंगलबार, असार २९, २०७८

साओ पाओलो । कोभिड– १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड– १९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको ज्यान गएको हो । यसका यहाँ यो सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको सङ्ख्या पाँच लाख ३३ हजार ५८८ जना पुगेको छ । त्यसैगरी यहाँ कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि गएको २४ घण्टामा करीब २१ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको सङ्ख्या एक करोड ९० लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा दुई महिना अघि कोभिडका सङक्रमित घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो सङ्ख्या बढ्दै गएको देखिएको छ । यहाँको सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर यहाँ सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार