अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायत आवश्यक : राष्ट्रसङ्घ

मंगलबार, असार २९, २०७८

काबुल । लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्ताको जनसंख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।  मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका अग्रसूचीमा छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ । त्यसैगरी कोरोनाभाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।
अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरू भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरूको सङ्ख्या बढ्दै गइरहेको उल्लेख गरेका छन् । उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वानसमेत गरेका छन् ।–एएनआई 
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार