एमाले स्थायी कमिटी बैठक बालुवाटारमा

सोमबार, असार २८, २०७८

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि “पार्टीले चाल्नुपर्ने सम्भावित कदमबारे छलफल गर्न” नेकपा एमाले स्थायी कमिटीको बैठक बसेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भएको हो ।  उक्त बैठकमा माधव नेपाल समूहका नेता भीम रावल समेत उपस्थित भएको बताइएको छ । नेता नेपाल केपी ओलीका विपक्षी दल तथा घटकहरूको बैठकमा सहभागी भइरहेका विवरण प्राप्त भएको छ ।

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार