सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछिको बाटोका बारेमा छलफल गर्न पाँचदलीय गठबन्धन कोटेश्रमा भेला भएका छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलाका बारेमा छलफल गर्न बोलाइएको नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह लगायतको पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ। माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार उक्त बैठकमा एमालेबाट वरिष्ठ नेता माधव नेपाल र नेता रघुजी पन्त मात्रै सहभागी रहेका छन् । काँग्रेसबाट शेरबहादुर देउवा सहित रामचन्द्र पौडेल, कृष्ण सिटौला, पूर्णबहादुर खडका सहभागी भएका छन् भने माओवादी केन्द्रका प्रचण्ड, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ सहभागी छन् । जसपा, नेपालका उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल छन् । बैठकमा अब बन्ने सरकारका बारेमा पनि छलफल हुने नेताहरूको भनाई छ।