राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

सोमबार, असार २८, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी छन् । नेपालको संविधानबमोजिम राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ । राष्ट्रियसभाको चालु आठौं अधिवेशन यही असार १७ गते आह्वान भएको थियो । अधिवेशनका क्रममा बसेको छ वटा बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक स्थिति, बाढीपहिरो र कोभिड–१९ लगायत जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार