आज साउनको पहिलो सोमबार, भगवान शिवको पूजा आराधना गरिने

पतञ्जलिका साधक साधिकाद्धारा लपुमनपा–२४ स्थित नागदहको जल सन्तानेश्वर महादेवमा चढाए 
सोमबार, साउन ५, २०८२
Global Ime Bank

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । भगवान शिवको विशेष पूजा हुने दिन  । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । आजको दिन श्रद्धालु भक्तजनहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन् । विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने परम्परा रहेको छ । साउनको सोमबार उपवास गर्दा मानिसको इच्छा, आकंक्षा पूरा गर्ने जन विश्वास रहिआएको छ । शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ । यसै उपलक्ष्यमा ललितपुर महानगरपालिका २४ नं. वडा स्थित नागदहको जल पतञ्जलित योग समिति ललितपुरका साधक साधिकाहरू ललितपुरको गोदावरी नगरपालिका १३ नं. वडामा रहेको सन्तानेश्वर मन्दिरमा चढाएका छन् ।  पतञ्जलि योग महानगर महिला समितिको संयोजनमा लपुमनपा २४ स्थित तीनवटा योग साधाना केन्द्रका करिब ८० जना साधाक साधिकाहरूले नागदहको जल सन्तानेश्वर महादेवमा चढाएका हुन् । पतञ्जलि योग समिति लपुमनपा वडा नं २४ मा रहेका बाशुकी नागदह, पशुपतिनाथ र बैष्णोदेविका योग साधना केन्द्रका शिक्षक, साधक साधिकाहरुले नागदहको जल सन्तानेश्वर महादेव मन्दिरमा अर्पण ,पूजागरी सूर्य नमस्कार, बृक्षासन र नट्राजसन गरेका थिए । सन्तानेश्वर महादेवमा नागदहको जल चढाउन साधाक साधिकाहरू विहानै नागदहमा भेला भएका थिए । 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार