प्रतिपक्षी एमाले सांसद्काे अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक चल्न सकेन 

आइतबार, असार २७, २०७८

गण्डकी । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा बिहान ११ बजे बैठक शुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए । नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले आरोप लगाए । सरकार बन्दा पुँजीगत खर्च रोकिएको बताउँदै उनले रकमको वितरण, योजना छनोटको आधार आदिबारे स्पष्ट पार्नुपर्ने बताए । पोखरामा एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको बताउँदै उनले बजेटको विनियोजन कानूनसम्मत नभएको टिप्पणी गरे । प्रतिपक्षका अन्य सदस्यहरुले पनि उठेर बैठक अवरोध जारी राखेपछि सभामुख अधिकारीले आजै १ . बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम भएपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार