Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

पशुपति क्षेत्रको ऐतिहासिकता जोगाउन सरोकारवालालाई स्थानीयको ध्यानाकर्षण

सोमबार, असार ३०, २०८२

काठमाडौं । पशुपति क्षेत्रको ऐतिहासिकता जोगाउन काठमाडौं महानगरपालिका वडा ८ का स्थानीयहरूले काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित बुद्धिजीवीहरूले आइतबार पशुपति क्षेत्र विकास कोषले मनोमानी रूपमा विभिन्न संघ संस्थाहरूलाई भाडामा स्थान उपलब्ध गराएर पशुपतिनाथ क्षेत्र कुरूप पारेको र जात्रा पर्व सञ्चालनका लागि समेत अवरोध सिर्जना गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  स्थानीयले पशुपति क्षेत्र विकास कोष व्यक्तिगत स्वार्थका लागि मनोमानी रूपमा विभिन्न संघसंस्थाहरूलाई स्थान उपलब्ध गराई पैसा असुलीको अखडाको रूपमा अगाडि बढिरहेको बताएका छन् । पाशुपत क्षेत्रमा साउन महिनामा हुने भिडभाड एवं स्थानीय ऐतिहासिक जात्रा पर्वहरू गुँला पर्व, गाईजात्रा, खड्ग जात्रा र रोपाइँ जात्रालगायतका पर्वहरू साउन महिनामा नै पर्ने हुनाले ऐतिहासिक जात्रापर्वहरू सञ्चालनमा समस्या हुनेगरी कोषले विभिन्न संघ संस्थाहरूलाई कार्यक्रम सञ्चालन गर्न स्थान उपलब्ध गराउँदै जात्रा पर्व सञ्चालनमा अवरोध उत्पन्न गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझेपछि काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले स्थानीय जात्रा पर्वहरू सञ्चालनका लागि कसैले अवरोध पु–याए त्यो सह्य नहुने बताए ।  
उनले भने, ‘ऐतिहासिक जात्रा पर्वहरूलाई निरन्तरता दिनु आवश्यक रहेको परिपेक्षमा ब्यक्तिगत स्वार्थका लागि कुनै पनि संघ संस्थालाई आधिकारिक संस्थाले स्थान भाडामा दिनु उपयुक्त रहदैन ।’ उनले पशुपति क्षेत्रमा विकास कोषले मनोमानी गरिरहेको परिपेक्षमा यसको समस्याको समाधान गरि यथोचित रूपमा अगाडि बढ्ने बताए ।  यसैगरी आजै स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषलाई समेत ध्यानाकर्षण पत्र बझाउँदै यस्ता अनैतिक कार्यहरू तत्कालै रोक्न माग गरेका छन् । उनीहरूले हाल निर्माण भईरहेका पन्डालहरू तथा विभिन्न कामहरू  नरोकिए स्थानीयहरू त्यसको प्रतिवादमा उभिने चेतावनी पनि दिएका छन् । 
पशुपति क्षेत्र विकास कोषका निमित्त कार्यकारी सदस्यसचिव सुभाष चन्द्र जोशीले आफू पनि कुनै पनि हालतमा पशुपति क्षेत्रको कोर परिसर भाडामा लगाउन नहुने पक्षमा रहेको बताए ।  उनले स्थानीयको मनोभावना बेगर यहाँ कुनै पनि कार्य गर्न नहुने भन्दै परिस्थितिगत रूपमा केही तलमाथि भए जानकारी गराउन आग्रह गरे ।  पशुपति क्षेत्रमा साउन महिनामा विभिन्न जात्रा पर्व मेलाहरू हुने गर्दछन् । यसैलाई मध्यनजर गर्दै श्रद्धालुहरूको भिडभाड लाग्ने हुँदा पशुपति क्षेत्र विकास कोष यसको व्यवस्थापनतर्फ अग्रसर हुन आवश्यक देखिने स्थानीयको भनाई रहेको छ  ।

517798688_1784610512482883_8345351407980111238_n-1752446721.jpg
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार