सोसल मिडिया
Contact Us
युनिकोड
जनसंख्यामा गतिशीत प्रजनन क्षमता जन्म, मृत्यु र बसाइसराईले विकासका हरेक पूर्वाधारमा प्रभाव पारेका हुन्छन् । जनसंख्या गतिशीलता भनेको जनसंख्याको समग्र संरचनागत पक्षले विकासका हरेक तहमा प्रभाव पार्छ । जनसंख्या बढ्नु भनेको विकासका स्रोतहरुको उपयोग गर्नुपर्ने बाध्यता बढ्नु हो र स्रोतहरुलाई परिचालित गर्दा जनसंख्याको आकारका बारेमा अध्ययन गर्न जरुरी छ । जनसंख्याको आकारसँगै वितरणको कुरा पनि आउँछ । अहिले जनसंख्या गाउँमा भन्दा सहरमा बढी छ । सहरमा स्रोतहरुको उपभोग बढी छ । गाउँमा कम छ । सहरमा स्रोत हँुदैन गाउँबाट ल्याइएका हुन्छन् । यसले जनसंख्याको वितरणको तरिकामा ठुलो प्रभाव पार्छ ।जनसंख्याको संरचनागत पक्षलाई भुगोलले पनि प्रभाव पार्छ । समथर भू–भागमा मानिसहरुको बसाइ बढी हुन्छ । पहाडी भू–भाग र भिरालो जमिनमा मानिसहरु कम बस्छन् । यी कुराहरु जनसंख्या र विकास सिधै ठोकिने कुरा हुन् । जन्म, मृत्यु, बसाइसराइले संरचनागत पक्षमा प्रभाव पार्छ र संरचनाको पक्षसँग गासिएर विकासमा प्रत्येक तहहरुमा त्यसको प्रभाव रहेको हुन्छ । हामीले विकासका लागि नीति बनाउँछौ । प्रमाणमा आधारित नीति बनाउन जनसंख्याको संरचनागत पक्ष चाहिन्छ । प्रमाणमा आधारित नीति बनाउने प्रक्रियामा जनसंख्याको वास्तविक तथ्याङ कहाँ, कति मान्छे बसेको छन् भन्नेबारे जानकारी हुनुपर्छ । जनसंख्याको तथ्याङ हेर्दा उमेरगत, लैगिङ्गक संरचना, भौगोलिक वितरणलाई ध्यान दिने गर्छौं । बस्तीको कुरा गर्दा सहरी बस्ती, ग्रामीण बस्ती, अर्ध–शहरी जस्ता संरचनागत पक्षलाई अध्ययन गरेर प्रमाणमा आधारित नीति बनाउन सहयोग गर्छ । त्यसैले जनसंख्या अध्ययनले नीति बनाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा भुल्न भएन । जनसंख्या अध्ययन किन गर्ने भन्दा प्रमाणमा आधारित नीति बनाउन यो विषय छनोट गरेर पढ्ने हो । राष्ट्रिय तहमा जनसंख्याका थुप्रै चुनौतिहरु छन् । नेपालको सन्दर्भमा युवा पलायन भएका छन् यो सकारात्मक होइन् । ती युवालाई स्वदेशकै स्रोत परिचालन गरेर रोक्न सक्नुपर्छ । अरु मुलुकले हाम्रा युवालाई प्रयोग गरेर विकाससहित आय आर्जन राम्रो गरिरहेका छन् । त्यस्तो हामीले पनि यही गर्न सक्थ्यौं । अर्को चुनौति भनेको बुढ्यौलीपन पनि हो । यस्तो तिव्ररुपमा नेपालका बढिरहेको छ । १९९१ मा ५ प्रतिशत भन्दा कम ६० वर्ष भन्दा माथिको बुढ्यौली जनसंख्या थियो भने अहिलेको अन्तिम ०७८ ले १०.२ प्रतिशत बुढ्यौली जनसंख्या पुगेको देखाएको छ । अव राज्यले बुढ्यौली जनसंख्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अवस्था छ । बुढ्यौली जनसंख्याबाट विश्वका धेरै देशले अनुभव हासिल गरेका छन् प्रगति गरेका छन् । यस्ता कुरा बुझ्न जनसंख्या अध्ययन गर्नुपर्छ । अहिले हाम्रो जन्मदर तिव्ररुपमा घटिरहेका छन् । प्रजननमा प्रभाव परिरहेको छ । जन्मदर घट्नु निरन्तर मृत्युदर घटेर जानु र बुढ्यौली उमेर समूहका मानिस बढ्नुले हाम्रो सक्रिय जनसंख्या तिव्र गतिले घट्ने देखिन्छ । यस्ता चुनौतिहरु पनि छन् । यस्ता विषयलाई समयमा नै नियन्त्रणमा लिएर समाधान दिन लागिएन भने मुलुकले नराम्रो चुनौति भोग्न बाध्य हुन्छ । यस्तो कुरालाई विशेष ध्यान दिनुपर्छ । किन पढ्ने जनसंख्या ? विश्वव्यापी रुपमा दिगो विकासको अवधारणा आएको छ । त्यसमा गरिवी घटाउने, वातावरण सन्तुलित बनाउन पर्यावरणीय जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने लगायतका धेरै कुराहरु छन् । विश्वको लक्ष्य प्राप्त गर्नका लागि हामी जनसंख्यामा केन्द्रित हुनुपर्छ । जनसंख्याको विविध पक्षको अध्ययन विना हामीले लक्ष्य प्राप्त गर्न सक्दैनौ । प्रमाणमा आधार भई अगाडि बढ्न जनसंख्या अध्ययन अनिवार्य छ । जनसंख्या र स्वास्थ्यको कुरा गर्दा जनसंख्या र स्वास्थ्यको अन्तसम्बन्ध हुन्छ । समाजिक पद्धतिसँग जनसंख्याको कस्तो सम्बन्ध रहेको हुन्छ भनेर पाठ्यक्रममा राखेका छौं । जनसंख्याभित्र वालवालिका, युवा, प्रौढ र बुढ्यौलीको कुरा गर्छौ र त्यसभित्र तिनीहरुले भोगेका कुराहरु समावेशव गरिएको छ । त्यसमा स्वास्थ्यसँग सम्बन्धित विषयहरु, युवाहरुको चुनौतिहरुका विषयहरु छन् । त्यसमा सामाजिक व्यवस्थाको तालमेल भएको हुन्छ । यस्ता कुरा हामीले जनसंख्या अध्ययन भित्र बसेर काम गर्नुपर्ने हुन्छ । जनसंख्या अध्ययनले अनुसन्धानको प्रक्रियामा पनि बढी महत्व दिएको छ । विशेषगरी तथ्याङकमा आधारित भएर कसको के आवश्यकता हो त्यसलाई सम्बोधन गर्न अनुसन्धान जरुरी पर्छ । जस्तै, राजनीतिज्ञहरुले आफ्नो जनमत विश्लेषण गर्न, व्यवसायीले उमेर समूहका आधारमा उत्पादनमा जोड दिन सक्छ । जनसंख्या आप्रवासन र बसाइसराइका कुराहरुमा राज्यले वास्तविक तथ्याङक प्राप्त गर्न सक्छ । यस्ता अनुसन्धानहरुले जनसंख्या अध्ययन विषयको महत्व दर्शाउछ । बाहिरी मुलुकका विकासका साथै अनुभवहरु साटासाट गर्न सकिन्छ । जस्तै चीन र जापानले बुढ्यौली जनसंख्या नियन्त्रण गर्नका लागि गरेका अनुभवहरु हामीलाई काम लाग्नसक्छ । उनीहरुका अनुभवले हामीलाई सहयोग पुर्याउछ । यसका लागि जनसंख्या संरचनागत पक्षको अध्ययन धेरै महत्वपूर्ण छ । विद्यार्थी क्रेज र अवसर समय सापेक्षित विषयहरु आएपनि जनसंख्या विषय अध्ययन गर्नेको संख्यामा कमी छैन् । देशभरका धेरैजसो कलेजहरुले स्नातक तहमा जनसंख्याको विषय पढाइ रहेका छन् । मास्टर लेभल र एमफीलमा पनि जनसंख्या पढ्नेहरु छन् । उपत्यकाका पाटन बहुमुखी क्याम्पस, आरआर क्याम्पस र पद्मकन्या क्याम्पसमा यो विषय पढनेहरुको कमी छैन् । पृथ्वीनाराण क्याम्पस पोखरा, वालिङ, जनकपुर, सिन्धुली, तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुमलगायतका क्षेत्रमा पनि जनसंख्या पढाइ भइरहेको छ । हालैको वर्षमा मास्टर डिग्रीको प्रथम सेमिस्टरमा १४२ जना भर्ना भएको स्थिति छ । अहिले नयाँ कोर्ष पनि भएकाले आकर्षण छ । तर पहिलेजस्तो आकर्षण चाहीं छैन् । विश्वविद्यालयले तीन वर्षे स्नातक तहलाई चार वर्षे बनाएको छ । त्यसलाई सक्न पाँच वर्ष लाग्छ । अनि मास्टर डिग्री सक्न अरु दुई बर्ष लाग्छ । कतिपय अवस्थामा आर्थिक क्षमता कमजोर भएका कारण इच्छा हुदाँ पनि पढ्न नपाएको देखिन्छ । जे जतिले जनसंख्या अध्ययनलाई निरन्तर पढिरहेका छन् उनीहरुलाई रोजगारीको समस्या होला जस्तो लाग्दैन् । अहिले जनसंख्या अध्ययनको महत्वलाई ध्यानमा राखेर सरकारले ७५३ वटा सरकारका स्थानीय निकायहरुमा एक एक जना भएपनि जनसंख्या अध्ययन गरेका विज्ञ राख्नुपर्छ । जसका कारण राज्यले नीति बनाउन, विभिन्न कार्यक्रम गर्नका लागि सहज वातावरण हुन्छ । हरेक निकायमा जनसंख्या विज्ञ राख्दा राज्यका कार्यक्रमहरु प्रभावकारी हुन्छन् । विज्ञ अनिवार्य गर्नैपर्छ । त्यसले तथ्यगत कुराहरु केलाउछ र विकासलाई सहज बनाउँछ । ७५३ ठाउँकै जनसंख्याका विवरणलाई चुस्त दुरुस्त गराउनको लागि जनसंख्या विज्ञ जरुरी पनि छ । जनसंख्याको महत्व जन्म, मृत्यु, बसाइसराइसँगै जथाभावी मानव बस्ती बढ्दो छ । त्यो कति लाभदायक छ भन्ने कुरामा नीति बनाउनुपर्ने हुन्छ । साथै अन्तर्राष्ट्रिय बहस चलाउने जस्ता कुरामा जनसंख्या विषय आवश्यक छन् । कानून, शिक्षा, स्वास्थ्य क्षेत्र सबैमा जनसंख्या विषयम ठोकिन्छन् । वातावरणीय अवस्था, जलवायू परिवर्तनका कुराहरु, विगत, बर्तमान र भविश्यका सम्भावनाका कुरा गर्नपनि संख्या वा डाटाको आवश्यक पर्छ । हाम्रो जनगणनाको तथ्य १० वर्षमा मात्र आउँछ । त्यो पनि सबै आउँदैन् । विषयगत र विस्तृतरुपमा तथ्याङगत रुपमा आउँदैन । जनगणना १०/१० वर्षमा हुन्छ । जनसंख्याभित्रको विविध पक्षको समग्र पक्षलाई जनगणनाले खिच्न सक्दैन । नेपालको जनसंख्या समग्रमा घटेको होइन । जनसंख्या बृद्धिदर झरेको वा घटेको हो । जनसंख्याको आकार घटेको होइन् । यस विषयमा बुझ्न जरुरी छ । राज्यको नीति नियम बनाउने ठाउँका जनसंख्या बुझेका मानिस जान जरुरी छ । पछिल्लो समय टेक्नोलोजिले स्रोतहरुलाई सक्ने काम गरिरहेको छ । विकसित मुलुकका एक जनाले उपभोग गर्ने स्रोत र अविकसित मुलुकका २५ जना मानिसले उपभोग गर्ने स्रोत बराबर हुन्छ । किनभने टेक्नोलोजिले अगाडि बढेकाहरुले उपभोग्य स्रोतहरु बढी उपभोग गरिरहेका छन् । यसले स्रोतहरु सकिदै जाने र जनसंख्याको आकार बढ्दै गएको छ । जनसंख्या भित्रको पक्षलाई सन्तुलित र व्यवस्थित गर्न जरुरी छ । जनसंख्याभित्र पनि जनसंख्या गतिशीलता उतारचढावमा छ । यसले सन्तुलित जनसंख्याको संरचनागत पाटोले स्रोतको प्रयोगको मात्रलाई पनि सन्तुलित बनाउन सकिन्छ र दिगो रुपमा लान सकिन्छ । यसले मानव जातीसँगै पृथ्वीमा रहने जिवहरुको आफू रहनुञ्जेल सहज जीवन विताउन सकुन् भन्नका लागि पनि जनसंख्यालाई लान सकिन्छ । विद्यार्थीहरुको सीप र क्षमता बढाउन राज्यले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । तालिमलगायतका अवसर शिक्षकहरुलाई दिनु आवश्यक छ । नयाँ नयाँ प्रविधिहरुलाई प्राध्यापनमा समायोजन गर्नुपर्छ । विद्यार्थीलाई प्रविधिमैत्री वातावरण दिनुपर्छ । यसले विद्यार्थीले दक्ष सीप हासिल गर्न सकुन् । त्यसलाई राज्यले व्यस्थित गर्नुपर्छ । यसमा राज्य सचेत हुन् जरुरी छ । शिक्षण संस्थाहरुमा कस्तो मानव शक्ति कहाँ प्रयोग गर्ने भन्ने कुरा सोच्न जरुरी छ । शिक्षण संस्थाहरुले पाठ्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । स्थान विशेषका कुराहरुलाई पहिचान गरि परिचालन गर्ने जनसंख्या कस्तो हुनुपर्ने, उपभोग कसले गर्नेजस्ता कुरा पहिचान गरी विकासलाई टेवा दिन सकिन्छ । रोजगार सिर्जना गर्ने कुरालाई पनि राज्यले पठनपाठनमा स्थान दिएर पाठ्यक्रम निर्माण गर्न लगाउनुपर्छ ।