थप २,२३९ जनामा कोरोना भाइरस सङ्क्रमण, २० जनाको मृत्यु

शुक्रबार, असार २५, २०७८

काठमाडौं । नेपालमा थप २,२३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणकै कारण २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ ।  पछिल्लो २४ घण्टामा ११,३१३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये ४,६५६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो। कुल परीक्षणको १९.७९ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सो अवधिमा १,३१६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९५ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,३४० पुगेको छ। अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ४९९५ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्। अहिले कुल २६,५९० जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,६७० जना संस्थागत आइसोलेशनमा रहेका छन् । शुक्रवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३८० जना काठमाण्डू उपत्यकामा रहेका छन् । अहिले देशभरिका ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५३९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार