शिक्षा समितिको बैठकमा कांग्रेस र माओवादी सांसदबीच भनाभन

विधेयकमा सहमति जुटाउन थप पाँच दिन समय
आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौैं ।  प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ ।  बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न थप समय माग गरेपछि  भनाभन भएको हो । बैठकमै शर्माले सहज रूपमा समिति अगाडि बढिरहेको बेला कुनै दलको सचेतकको ह्वीप नमान्ने उनले भनिन् । ‘आज आएर फेरि थप समय माग गरिएको छ । हामीलाई कुनै दलको ह्वीप लगाउने काम नहोस् । कसैको ह्वीप मान्न तयार छैनौँ’, उनले भनिन् ।  शर्माले बोल्दै गर्दा घिमिरेले रिसाउँदै नियमापत्ति जनाए । साथै उनले कसले ह्वीप लगाइए नियमापत्ति छ भन्दै बैठकबाट बाहिरिए । त्यसपछि  समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरे । तर, घिमिरे बैठकबाट निस्किए ।   यसैगरी नेकपा एमालेकी सांसद् विद्या भट्टराईले शिक्षा विधेयकमाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले विधेयकमा गरिएका व्यवस्थाप्रति असन्तुष्टि पोख्दै विधेयकमा हामीले खोजेको के हो ? शिक्षामा सुधार गर्न खोजिरहेका छौं कि अहिले जे गर्न खोजिएको छ, त्यसले सुधार हुन्छ ? भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘विधेयकमा हामीले खोजेको के हो ? शिक्षामा सुधार गर्न खाजेका छौं, अहिले जे गर्न खोजिएको छ, त्यसले सुधार हुन्छ ? हामीले भनेको जस्ताको तस्तै हुनुपर्छ भन्ने कुराले ऐन पाउँछ कि पाउँदैन भन्ने प्रश्न उब्जिएको छ, जसको शक्तिशालीसँग पहुँच हुन्छ, उसले मात्रै सुविधा पाइरहेका छन्, सबैको लागि न्याय हुने कानुन बनाऔं ।’
विद्यार्थी लक्षित गुणस्तरीय शिक्षा दिन सरोकारवाला जवाफदेही हुनुपर्ने उनको भनाइ छ । 
विधेयकमा सहमति जुटाउन थप पाँच दिन समय 
प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् । उनले भने, ‘पाँच दिनभित्र सहमति जुटाएर पहिले मलाई दिनुपर्यो । आएर सिधैं पेपर पठाउनु भएन् । सचिवालयले त्यसलाई एग्रि गर्नुपर्यो । अनि म प्रस्तावको रुपमा यहाँ पेस गर्छु । त्यसकारण मंैले पाँच दिनको समय छुट्याएको हुँ । सरकारलाई पाँच दिनसम्मको समय भयो । समयभित्र सहमति जुटाएर अर्को एजेण्डा ल्याउनुभन्दा पनि यसैमा सहमति जुटाएर अनुरोध गर्दै सरकारलाई बैठक अबको ६ दिनपछि बस्ने गरि पाँच दिनको समय दिएका छौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने अवसर दिएका हौं ।’ आइतबारको बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए । तर, समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए ।
सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरे पनि सभापति थापाले मानेनन् ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार