लपुमनपा–१४ को तीज व्यापार मेलामा स्थानीय उत्पादनको प्रदर्शनी र ब्यापारसहित महिला दिदी बहिनीको नाचगान (भिडियो)

बुधबार, भदौ ४, २०८२

ललितपुर । ललितपुर महानगरपालिका १४ नं. वडाले महिलाहरूको महान चाड तीज पर्वलाई लक्षित गरी आज वडा स्तरीय तीज ब्यापार मेलाको आयोजना गरेको छ । लपुमनपा–१४ नं. वडा अन्तर्गतको वडा स्तरीय महिला सञ्जालको आयोजनामा नखिपोट खेल मैदानमा ‘तीज ब्यापार मेला’ आयोजना गरिएको हो । तीज व्यापार मेलामा वडा भित्र क्रियाशील महिला समूहहरूले उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा विक्री गरिएको थियो । वडाअध्यक्ष अमृत जंग महतको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला केसी प्रमुख अतिथि रहेकी थिइन । उनले रिबन काटेर मेलाकाे उद्घाटन गरेकी हुन् । कार्यतक्रममा बागमती प्रदेशका सांसद रघुनाथ महर्जन, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य विशेष अतिथिका रुपमा सहभागी भएका थिए । वडा स्तरीय महिला सञ्जालकी संयोजक एवम् वडासदस्य सहनशीला कार्कीले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा सामुदायिक विकास संस्थाका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. गोविन्द बहादुर थापाले पनि मन्तव्य राखेका थिए । तीज व्यापार मेला उद्घाटनका बेला पूर्व सांसद मैना अछामि, महानगरकी पूर्व उपप्रमखु गीता सत्यालऽ महानगर कार्यपालिका सदस्य सानुकाजी तोलाङगे, वडाका जनप्रतिनिधिहरू संगिता अछामि, कुवेर केसी, सनत कार्कीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा वडासचिव सुलोचना लुईटेलसहित वडा कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वमय सेविका, टिएचपी, महिला समूहका पदाधिकारी तथा सदस्यहरू, समाजसेवीहरूको उपस्थिति रहेको थियो । व्यापार मेला उद्घाटन सत्रमा उपस्थिति महिला दिदी बहिनीहरूले तीज गीतमा नाचगान गरेका थिए भने जागरण महिला समूहले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।  

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार