सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारत र चीन लिपुलेकसहित शिपकी ला र नाथु ला नाकामार्फत व्यापार पुनः खोल्न सहमति भएको समाचार बाहिरिएपछि नेपालले ध्यानाकर्षण भएको जनाएको छ । व्यापार, लगानी प्रवाह र आदानप्रदानलाई प्रवद्र्धन गर्न नेपालको भूमि लिपुलेकको प्रयोग गर्नेगरी चीन–भारत बीच व्यापार सहमति भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपालले केही वर्षअघि मात्रै लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा प्रकाशन गरिसकेको छ । नेपालको उक्त कद्मलाई वेवास्ता गर्दै आएको भारतले चीनसँग यस्तो सम्झौता गरेर नेपालको भूमि प्रयोग गरेर आफ्नो व्यापर विस्तार गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भनाई भन्दै बुधबार राति नेपालले आफ्नो धारणा सावर्जनिक गरेको छ । परराष्ट्र मन्त्रालयले भनेको छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।’ परराष्ट्र मन्त्रालयको भनाई १. नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ । २. नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भू(भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ। ३. नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ ।