सोसल मिडिया
Contact Us
युनिकोड
चापागाउँ (ललितपुर) । जनभावना क्याम्पस चापागाउले बागमती प्रदेशका नवनियुक कृषि तथा पशु पक्षी विकासमन्त्री मधुसूदन पौडेललाई बधाई तथा शुभकामना दिएको छ । मन्त्री पौडेल जनभावना क्याम्पस सभाका सदस्य पनि हुन् । उनले क्याम्पसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री पौडेलले ललितपुर बागमती प्रदेशको जिल्लाहरूमध्ये दूग्ध उत्पादनको हिसाबले दोस्रो जिल्ला रहेको उल्लेख गर्दै पछिल्लो समय पशुहरूमा लम्पि स्किन रोग लागेको जनाउँदै उत्पादनमा कमि आएको बताए । विगतका वर्षदेखि गाईभैंसीमा लम्पी स्किन रोग लागेका कारणले दूध उत्पादनमा कमी आएको जनाउँदै उनले भने, ‘यो रोगबाट पशुलाई मुक्त गर्न भ्याक्सिन लगाउने कार्य हिजोदेखि चौघरेबाट सुरु गरिएको छ ।’ एक सातासम्म वागमती प्रदेशका सबै जिल्लामा भ्याक्सिन लगाइने उनले बताए । उनले अहिले कृषकहरूमा मलको पनि समस्या रहेको र त्यसलाई केन्द्रीय सरकारबाट समाधान गर्ने धारण राखे । उनले भने, ‘म जनताको जनप्रतिनिधि हो जनताले सेवा सुविधा पाउने गरी जनताको सल्लाह सुझावबाट अघि बढ्ने छु ।’ जनभावना क्याम्पसका सञ्चालक समितिका अध्यक्ष रविन शर्माले क्याम्पसको विकासमा मन्त्री पौडेलले सहयोग गर्ने आशा व्यक्त गरे । शर्माले सामुदायिक क्याम्पसलाई पनि सरकारले हेर्नुपर्ने र सामुदायिक क्याम्पसमा पढ्ने विद्यार्थीहरू छोरी बुहारी रहेको बताउँदै उनले वागमती प्रदेश सरकारले यस क्याम्पसलाई महत्त्वपूर्ण ढंगबाट हेर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष नीलबहादुर देशार, वडा नम्बर १३ का वडाध्यक्ष भास्कर थापालगायत जनप्रतिनिधि, शिक्षक एवम् विद्यार्थीहरूले मन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए ।