सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ : सांसद नेपाली 

बिहीबार, भदौ ५, २०८२
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नुको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले संविधानको रक्षा गर्नु पर्नेमा आजको सरकारले त्यसको अपमान गरिरहेको बताए ।  उनले भने,‘देश हाँक्नेहरूले संविधानको रक्षा गर्नुपर्ने हो, तर आजको सरकारले त्यसको अपमान गरेको छ । जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ ।’ उनले मानव तस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आतिन्छन ? ‘भ्रष्टाचार’को भ सुन्न डराउँछन्, ‘तस्करी’ को त सुन्दा काप्छन् ? ‘काण्ड’ भन्दा औँला हामी नयाँतिर तेरस्याउँछ ? भन्दै प्रश्न गरे ।  नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय गरेको बताउँदै उनले आदिवासी–जनजाति समुदायकी छोरी, उपसभामुख माननीय इन्दिरा राना मगरमाथि अंकगणितीय खेल खेलेको बताए ।  जबसम्म मानव तस्करीको जालो भत्किँदैन, दोषी कानुनी कठघरामा उभिँदैन, र पीडितले न्याय पाउँदैन् तबसम्म संघर्ष जारी रहने उनले घोषणा गरे । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार