टोकियो ओलम्पिक दर्शकको भौतिक अनुपस्थितिमै

शुक्रबार, असार २५, २०७८

टोकियो । जापानको राजधानी टोकियोमा टोकियो ओलम्पिक खेल अधिकांश स्थानहरूमा दर्शकविना नै आयोजना हुने भएका जापानको क्योदो समाचार संस्थाले खेल आयोजकलाई उद्धृत गरी उल्लेख गरेको छ । टोकियो र तीन छिमेकी प्रान्त चिबा, कानागावा र सैतामामा हुने ओलम्पिक प्रतियोगिताहरू बन्द ढोकाभित्र गरिनेछ जहाँ खेलाडी र उनीहरूसँग सम्बन्धित निश्चित व्यक्तिलाई बाहेक अन्य दर्शकहरूलाई प्रवेश दिइने छैन । जापान र टोकियो सरकारका उच्च अधिकारी, टोकियो ओलम्पिक २०२० को आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्तर्राष्ट्रिय प्यारा ओलम्पिक समितिका प्रतिनिधिहरू र त्यसका प्रतिनिधि सम्मिलित विशेष बैठकले यसबारे अन्तिम निर्णय भने बिहीबार राति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । बहीबार बिहान टोकियो आइपुग्नुभएको आईओसीका अध्यक्ष थोमस बाखले बैठकलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गरेका थिए । जापानी प्रधानमन्त्री योशिहिदा सुगाले हालै टोकियोलाई नयाँ कोभिड–१९ सङ्क्रमणका कारण जुलाई १२ देखि स्वास्थ्य सङ्कटकालीन अवस्थाकोे घोषणा गरेपछि ओलम्पिक खेलमा पनि दर्शकलाई प्रवेश नदिइने भएको हो । 
टोकियोमा बुधवार ९२० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ यो करीव दुई महिनामा सङ्क्रमितको सबैभन्दा बढी दैनिक गणना हो ।–सिन्ह्वा 
 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार