हिन्दुधर्मको एजेण्डा अगाडि बढाउनेलाई सभापति बनाउनु पर्छ : केन्द्रीय सदस्य भण्डारी 

बिहीबार, असार २४, २०७८

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीले वैदिक सनातन हिन्दुराष्ट्र पुनस्थापना हुन आवश्यक रहेको बताउँदै पार्टीको आसन्न १४ औ महाधिवेशनमा वैदिक सनातन हिन्दुधर्मको एजेण्डा अगाडी बढाउने उम्मेदवारलाई सभापति बनाउनु पर्ने बताएका छन् ।  कांग्रेस तरुण विभागको कार्यालय पानीपोखरीमा आज तरुण विभाग केन्द्रीय सदस्य एवम् विपन्न तथा दलित समुदाय समन्वय संयोजक स्थिर बावु खाती, केन्द्रीय सदस्य एवम् प्रदेश नं. २ संयोजक रामपल्टन शाह, नेपाली कांग्रेस सिराहा र महोत्तरीका पार्टी सभापतिद्धय रामचन्द्र यादव, महेन्द्र कुमार यादव र पूर्वसांसद तिर्थ लामासँग गरेको समसामयीक राजनीतिक तथा साँगठनिक विषयमा गरेको छलफलमा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीले  पुर्खाहरुको योगदानलाई स्मरण गर्नुपर्ने बताउँदै नेपाललाई कुनै योगदान नपु¥याएका माक्स, लेनिन, स्टालिन र माओत्सेतुङ्ग देखि गोञ्जालोसम्मको महिमा गान गर्ने परम्पराको अन्त्य गरिनुपर्नेमा जोड दिए । 

छलफलमा उनले अंग्रेजसित युद्ध गरेर देशको सार्वभौम सत्ता जोगाउने पुर्खाहरुको योगदानलाई संविधानमा कहिंकतै उल्लेख नगरिएको भन्दै चिन्ता व्यक्त गरे ।  'मठ मन्दिर गुम्बा ढाल्ने, अपमान र अपेक्षा गर्ने, भाषिक क्रान्तिका नायक आदिकवि भानुभक्तको सम्मान गर्न नखोज्ने, गोरखनाथ देखि नरहरीनाथ र फाल्गुनानन्द देखि प्रपन्नाचार्य सम्मका तपस्वीहरुको आदर गर्न नखोज्ने तर नेपाललाई कुनैपनि प्रकारले योगदान नपु¥याएका माक्स, लेनिन, स्टालिन र माओत्सेतुङ्ग देखि गोञ्जालो सम्मको महिमागान गर्ने परम्पराको अन्त्य गरिएन भने भोलिका दिन नेपाल नरहन सक्छ', उनले भने, 'त्यसैले वैदिक सनातन हिन्दुराष्ट्र पुनस्थापना हुन आवश्यक छ ।' 
विभाग प्रमुख भण्डारीले गृह जिल्ला तनहुँका कांग्रेस नेता तथा नेवि संघका पूर्वमहामन्त्री आनन्दराज त्रिपाठी, कांग्रेस कालिकोटका युवा नेता मोतिराज बम, देवेन्द्र शाही र माहासमिति सदस्य केशवराज चौलागाईसँग समेत समसामयिक विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार