सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ। होटल मेरियटमा दुई नेताबीच भेटवार्ता भइरहेको हो । विवाद समाधानका लागि कार्यदल स्तरमा भएको सहमतिलाई अन्तिम रुप दिन दुई नेताबीच भेट भएको हो । बुधबार कार्यदलमा भएको सहमतिको खाकालाई अन्तिम रुप दिनेबारेमा ओली नेपालबीच भेट भएको ओली निकट एक नेताले बताए। एमाले कार्यदलका सदस्यहरुले आजै नेताहरुबीच भेट हुनसक्ने बताएका थिए । एमाले विवाद समाधानका लागि सोमबार, मंगलबार र बुधबार लगातार ३ दिन बैठक बसेको थियो । उक्त बैठक सहमतिको नजिक पुगेको कार्यदलका सदस्यहरुले बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता र ओलीले गरेको प्रतिनिधिसभा विघटन फिर्तालाई दुबै समूहले शर्तका रुपमा अघि सारेका थिए । बालुवाटारमा असार १८ र १९ गते बसेको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताका लागि नेपाल समूहलाई अल्टिमेटम दिएको थियो । तर तोकिएको समयमा हस्ताक्षर फिर्ता भएको थिएन । विवाद बढ्दै गएपछि अध्यक्ष ओलीले नेपाल समूहका नेता भीम रावललाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए। भेटपछि कार्यदल स्तरमा विवादबारे छलफल सुरु भएको थियो ।