संविधान त्रुटिपूर्ण छ : दाहाल 

बुधबार, असार २३, २०७८

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जलि दिन आज जनकपुरधाम आउनुभएका अध्यक्ष दाहालले  संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै यसको संशोधनका पक्षमा आफू रहेको स्पष्ट गरे । उनले प्रदेश नं २ को नाम मधेश रहनुपर्ने पनि बताए । 
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।  अध्यक्ष दाहालले दिवङ्गत पार्टी केन्द्रीय सदस्य  यादवका पार्थिव शरीरमा दलको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरका नेता  यादव लामो समयदेखि अर्बुदरोगबाट पीडित थिए । उनी जनयुद्धका बेलादेखि नै माओवादीमा सक्रिय थिए । 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार