सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन् । कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइराला : प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तरक्रियामा उनले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई संविधान निर्माण भएको बताए । उपसभापति निधीले सङ्गठन विस्तारका लागि उहाँले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । सो अवसरमा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गिरिजाबाबुले गरेको सङ्गठनबाट अहिलेसम्म पार्टी सञ्चालन भएको बताइन् । प्रतिनिधिबाट संविधान निर्माण गर्ने गिरिजाबाबुको सपना सुशील कोइरालाले पूरा गरेको उल्लेख गरे । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले सरकार र पार्टीमा गिरिजाबाबुजस्तो नेताको अभाव खड्किएको बताए ।–रासस