सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलका छ सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी दिएको छ । रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ । विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।–एएनआई