पहिरोमा परेका ८० जना जापानी अझै बेपत्ता

मंगलबार, असार २२, २०७८

टोकियो । जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता छन् । शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् । देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे । घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरूले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरूले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् ।  सरकारी अधिकारीहरूले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।–एएनआई
 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार