भारतमा कोभिडबाट दैनिक २.३४ प्रतिशत सङ्क्रमित

सोमबार, असार २१, २०७८

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् । लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम सङ्क्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने । भारतमा अहिले सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७.०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पाइएको छ ।  भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने चार लाख ८५ हजार ३५० रहेको छ । पछिल्लो एक हप्तामा भारतमा थप नयाँ सङ्क्रमितको सङ्ख्या २.४४ प्रतिशत रहेको छ, भने दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ ।   भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ ।– एएनआई
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार