सोसल मिडिया
Contact Us
युनिकोड
मोरङ । प्रदेश १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आइतबार पनि चल्न सकेन । निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरूले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गरिन् । प्रदेशसभाको अर्को बैठक असार २१ गते सोमबार दिउँसो २ बजे बस्ने छ । आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ बमोजिम आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।
वाग्मती प्रदेशसभाको बैठक आज वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक आज बस्ने गरी सारिएको छ । प्रदेशसभाको आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि अपराह्न ३ बजेको समय राखिएकोमा स्थगित गरी आज बस्ने गरी सूचना सम्प्रेषण गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठकमा हिजो विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आज हेटौँडामा बसेको सर्वदलीय बैठक भएको थियो । बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए । उनीहरुबीच आज बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए । प्रदेशसभाको पहिलो बैठकमा सर्वदलीय बैठकमा सहमति भएअनुसार सरकारको तर्फबाट एक मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने र प्रतिपक्षीले उठाएका विषयमा स्पष्टीकरण दिनेछन् ।
कर्णाली प्रदेश सरकारद्वारा दुई कार्यविधि स्वीकृत कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयसार्वजनिक गर्दै ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८’ स्वीकृत गरिएको जानकारी दिए । त्यस्तै दुर्गम क्षेत्रका कोभिड–१९ का गम्भीर बिरामीका लागि ‘हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७८,’ स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता नेपालीले बताए । उनका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रदेश रङ्गशाला निर्माण आयोजनालाई प्रदेश गौरवको आयोजना घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।–रासस