फूलवारी मार्गको बस्तीमा ढल पसेपछि...

आइतबार, असार २०, २०७८

ललितपुर महानगरपालिकाको वडा नं २५ स्थित फूलबारी मार्ग आसपासका घरहरु जलमग्न भएका छन् । केही दिनदेखि निरन्तर परेको पानीका कारण फूलबारी मार्ग आसपासका बस्ती प्रभावित भएका हुन् । ढल निकासको सही व्यवस्थापन नहुँदा यो समस्या आएको स्थानीयको भनाइ छ । खड्का गाउँदेखि नख्खुसम्म राखिएको ढलको ह्युप पाइपको आकार नमिल्दा पानीको निकासमा समस्या आएको हो । माथि ठूलो आकारको पाइप राखिए पनि फूलबारी मार्गमा सानो आकारको पाइप राखिँदा यो समस्या आएको ललितपुर महानगरका इन्जिनियरको भनाइ छ । घरभित्र पानी पसेपछि स्थानीयको दैनिकी प्रभावित भएको छ ।

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  २२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार