सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । अमेरिकाले आइसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ८८ रनले पराजित गरेको हो । अमेरिकाले दिएको २८७ रनको लक्ष्य पछाएको क्यानडाले ४६.१ ओभरमा अलआउट हुँदै १९८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउँदै २८६ रन बनाएको थियो । यो जितपछि अमेरिका विश्वकप लिग–२ मा शीर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १९ खेलमा २६ अंक भएको छ । त्यस्तै समान २६ अंक रहेको नेदरल्याण्डस रनरेटको आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै क्यानडाको २० खेलमा २० अंकसहित पाँचौं स्थानमा रहेको छ ।त्यसैगरी नेपाल भने १२ खेलमा ६ अंकसहित लिग–२ को पुछारमा रहेको छ ।