विश्वका १८ करोड मानिसमा कोरोना संक्रमण, अमेरिकीमा मात्रै तीन करोड ३६ लाख सङ्क्रमित 

यस्तो छ अत्यन्त प्रभावित बीस देशको तथ्याङ्क 
शनिबार, असार १९, २०७८

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड २७ लाख ३६ हजार ५३४ जना रहेका छन् ।  कोरोना शुरु भएयता हालसम्म विश्वभर कोरोना सङ्क्रमणबाट ३९ लाख ५७ हजार ५९६ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयले जुलाई २ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशको सूचीमा अमेरिका अग्र स्थानमा रहेको छ ।  विश्व विद्यालयले सार्वजनिक गरेको विवरण अनुसार संयुक्त राज्य अमेरिकामा    तीन करोड ३६ लाख ७९ हजार ८९३ नागरिक कोरोना भाइरस संक्रमण देखियो भने छ लाख पाँच हजार ३५ जनाको कोरोनाका कारण मृत्यु भयो । यस्तै भारमा भारत    तीन करोड चार लाख ५८ हजार २५१ नागरिक कोरोना संक्रमित भए भने     चार लाख ३१२ जनाको ज्यान गयो । ब्राजिलमा एक करोड ८६ लाख २२ हजार ३०४ जना संक्रमति भेटिए भने पाँच लाख २० हजार ९५ जनाको ज्यान गयो । फ्रान्स  ५८ लाख ४० हजार १४२     कोरोनाको संक्रमणबाट पीडित भ एभने एक लाख ११ हजार २७४ जनाको ज्यान गयो । रुसमा ५४ लाख ९५ हजार ५१३ जनामा कोरोना संक्रमण देखियो भने एक लाख ३४ हजार ३०२ जनाको ज्यान गयो ।
टर्कीमा ५४ लाख ३० हजार ९४० जनामा संक्रमण पुष्टि हुँदा    ४९ हजार ७७४ जनाको ज्यान गयो । बेलायतमा ४८ लाख ४५ हजार २३ जनामा कोरोना संक्रमण भयो भने एक लाख २८ हजार ४२६ जनाको निधन भयो । अर्जेन्टिना ४४ लाख ९१  हजार ५५१ संक्रमण पुष्टि हुँदा ९४ हजार ७७२ जनाको दुखद निधन भयो ।
कोलोम्बियामा ४२ लाख ६९ हजार २९७ जनामा कोरोना संक्रमण भयो भने एक लाख सात हजार १३७ ज्यान गएको तथ्यांक छ । इटाली ४२ लाख ६० हजार ७८८ जनामा कोरोना संक्रमण एक लाख २७ हजार ५८७ जनाको निधन,  स्पेन ३८ लाख २१ हजार ३०५ जनामा कोरोना संक्रमण तथा ८० हजार ८८३ जनाको निधन, जर्मनीमा ३७ लाख ३६ हजार ९९२ जनामा कोरोना भाइरस संक्रमण तथा  ९१ हजार १४ जनाको निधन भयो । यस्तै इरानमा ३२ लाख ३२ हजार ६९६ जनामा कोरोना संक्रमण देखिँदा ८४ हजार ५१६ जनाको निधन भयो । पोल्याण्डमा २८ लाख ८० हजार १०७ जनामा कोरोना संक्रमण देखियो भने ७५ हजार ६५ जनाको निधन भएको तथ्यांका विश्व विद्यालयले सार्वजनिक गरेको छ । मेक्सिको    २५ लाख २५ हजार ३५० जनामा कोरोना भाइरसको संक्रमणबाट पीडित हुँदा दुई लाख ३३ हजार २४८ जनाको निधन भयो । यस्तै युक्रेन २३  लाख २ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमणबाट पीडित भए भने ५४ हजार ६८७ जनाको ज्यान गयो । इन्डोनेसिया    २२ लाख २८ हजार ९३८ संक्रमणबाट पीडित हुँदा ५९ हजार ५३४ जनाको ज्यान गएको तथ्यांकका छ । पेरुमा २० लाख ५७ हजार ५५४ मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक लाख ९२ हजार ६८७ मानिसको दुखद निधन भयो । दक्षिण अफ्रिकामा    १९ लाख ९५ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण देखियो भने ६१ हजार २९ जनाको निधन भयो । नेडरल्याण्ड    १७ लाख १३ हजार ५७६ जनामा संक्रमण भयो भने १८ हजार ३१ जनाको कोरोना भाइरसकै कारण निधन भएको तथ्यांक विश्व विद्यालयले सार्वजनिक गरेको छ ।–एपी   
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार