ब्राजिलमा कोभिडबाट एकै दिन दुई हजारभन्दा बढीको मृत्यु

शनिबार, असार १९, २०७८

रियो डे जेनेरियो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । बिहीबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार २९ जनाको निधन भएको हो ।
ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ ।
स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा पाँच लाख २० हजार ९५ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ । त्यसैगरी बिहीबार मात्र २४ घन्टामा यहाँ ६५ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यो संख्या अघिल्लो दिनको भन्दा बढी हो ।  यहाँ अहिलेसम्ममा एक करोड ८६ लाख ५४ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ । ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार