कोरोना निको हुने दर ९३ प्रतिशत 

शुक्रबार, असार १८, २०७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस  सङक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना  पुष्टि भएको हो । सोही अबधिमा देशभर ३३  सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नौहजार हजार १४५ जना सङ्क्रमितको मृत्यु भएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा देशभर चार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् ।  सङ्क्रमण  निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।  हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार