कांग्रेस पदाधिकारी बैठक भोलि 

बिहीबार, असार १७, २०७८

काठमाडौँ, १७ असार (रासस) ः नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै  आज बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।  कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले शुक्रबार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिनुभयो । बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरूलाई बोलाइएको छ ।  छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएकोे  छ । कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  २२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार