स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन आज 

बिहीबार, असार १७, २०७८

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज र भोलि सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या विज्ञलाई एउटै थलोमा भेला गरी जनस्वास्थ्य क्षेत्रका अनुसन्धानको आवश्यकताबारे छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको हो  । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले स्वास्थ्य क्षेत्रमा भइरहेका अनुसन्धानबारे वैज्ञानिकसँग छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए  । उनका अनुसार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताले आफ्नो खोज तथा अनुसन्धान प्रस्तुत गर्ने छन् ।  सम्मेलनमा ४७ वटा अनुसन्धानमूलक कार्यको मौलिक प्रस्तुति, १९ वटा पोष्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति हुने छन् । सम्मेलनको पहिलो दिन भोलि कोभिड–१९, जनस्वास्थ्य सङ्कट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीतिसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछ । दोस्रो दिन स्वास्थ्य मन्त्रालयका मातृ, नवजात शिशु, बालस्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य, सङ्क्रामक रोगहरू, पोषण, मानसिक स्वास्थ्य र दुव्र्यसन, वातावरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धानमा कार्यपत्र प्रस्तुत हुनेछ । यसैगरी सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गर्ने नौ जनालाई अवार्ड समेत प्रदान गरिने छ ।  परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले स्वास्थ्य क्षेत्रका अनुसन्धानलाई प्रमाणित गर्नका लागि उपचार पद्धतिमा लागू गर्नुपर्ने बताए । अनुसन्धानबाट आएको परिणामलाई व्यावहारिक रूपामा स्वास्थ्योपचारमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार