कार्नेस र पिलाष्टरको सीप सिकाउने तालिम ललितपुर महानगरमा सम्पन्न 

मंगलबार, वैशाख ९, २०८२
मयुर प्लाई

ललितपुर ।ललितपुर महानगरले परम्परागत शैलीका कार्नेस र पिलाष्टर संरक्षणका लागि कालिगढ उत्पादन गर्न आयोजना गरेको तालिम सम्पन्न भएको छ । उक्त तालिममा ११ जना प्रशिक्षार्थी सहभागी थिए । ह्याविटाट क्रियसनसँगको सहकार्यमा उक्त तालिम सुरु भएको हो । प्रशिक्षार्थीले भण्डारखाल बगैंचाको पूर्वतर्फ रहेको पर्खालमा कार्लेस र पिलाष्टर लगाएका थिए । झार उम्रिएर जीर्ण भएको पर्खालमा कार्लेर र पिलाष्टर लगाएर चिटिक्क बनाएका थिए ।  कार्नेस र पिलास्टर घर र दरबार प्राचीन सम्पदालाई कलात्मक र सुन्दर देखाउन प्रयोग गरिन्छ । तालिमको समापन सत्रमा बोल्दै नगर प्रमुख चिरीबाबु महर्जनले भवनहरुमा बनाइने कार्नेस र पिलाष्टरले सहरलाई सुन्दर बनाउने बताए । उनले भने, ‘सम्पदा शहरको कार्नेस र पिलाष्टर अत्यावश्यक तत्व हो, यसको संरक्षण अत्यावश्यक छ ।’  कार्नेस र पिलाष्टर बनाउने सीप हस्तान्तरण आवश्यक भएको बताउँदै उनले भने, ‘सीपक सिक्ने र सिकाउनेको संख्या अत्यन्तै कम छ, यसको संख्या बढाउनुपर्छ ।’ ललितपुर महानगरका शहरी विकास योजना महाशाखा तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले तालिममा सहभागी प्रशिक्षार्थीलाई सिकेका कुरालाई व्यवहारमा परिणत गर्न अनुरोध गरे ।  प्रशिक्षक र प्रशिक्षार्थीको संख्या बढाउन ललितपुर महानगर तालिमको आयोजना गर्ने बताए । उनले भने, ‘ कार्नेस र पिलास्टरको सीपको प्रयोग कहाँ र कसरी गर्न सकिन्छ त्यसबारे पनि छलफल गर्छौ ।’
शहरी विकास समितिका सदस्य एवं वडा नं. ४ का वडाअध्यक्ष सन्तोष खड्काले कार्नेस र पिलास्टरको सीपलाई प्रयोगमा ल्याउने वातावरण तयार पार्नुपर्ने बताए ।  स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यलयमा रमेश राज पौडेलले यो तालिम सम्पदा संरक्षणको महत्वपूर्ण तालिम भएको बताए । सम्पदा संरक्षण हामी सबैको धेय भएको बताउँदै तालिम निरन्तर दिनुपर्ने बताए ।  
क्रियसनकी अध्यक्ष सविना तुलाधरले यो तालिम संचालन गर्नुअघि पाटन दरबार क्षेत्रमा भएका कार्नेस र पिलास्टरको इन्भेन्टरी तयार पारेको बताउँदै तालिमका लागि एक साताको पर्याप्त नभएको बताइन् । ‘कलात्मक काम भएकाले सिक्न र सिकाउन नै समय लाग्ने रहेछ , त्यसैले एक साताको कार्यक्रम मात्रै पर्याप्त हुँदो रहेनछ ।’ तालिमका प्रशिक्षक तालिमका मुख्य प्रशिक्षक नरेन्द्र बज्रचार्यले सूर्की र चुना प्रयोग गरेर बनाएको बज्रमा कार्नेस र पिलाष्टर बनाउनु विशेष काम भएको बताए । उनले भने, ‘बज्रकर्मीहरुको संरक्षण र सीप हस्तान्तरणका लागि छोटो तालिमले पुग्दैन, लामो तालिम भयो भने, हात सजिलै बस्छ ।’  तालिम प्रशिक्षार्थी आशाकाजी महर्जनले नयाँ कुरा सिक्न समय लाग्ने बताउँदै तालिमको अवधि छोटो भएको बताए । उनले भने, ‘ध्यान दिएर, विस्तारै गर्नुपर्ने , सात दिन अलि नपुगे जस्तो हुने रहेछ ।’

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार