Dashain Banner
Dashain Banner

महिलाहरु सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ : सुनिता डंगोल

बिहीबार, भदौ ५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलाहरूलाई आर्थिक रुपमा बलियो बनाउनका लागि महिला उद्यमीहरूको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।   काठमाडौंमा विहीबार आयोजित तीज विशेष तथा महिला उद्यमी सम्मान कार्यक्रममा उनले महिलाहरू सक्षम हुनका लागि आर्थिक रुपमा सशक्त र आत्मनिर्भर हुनुपर्ने भन्दै यसको लागि उद्यमीहरूको भूमिका महत्वपूर्ण हुने बताइन् ।  उनले भनिन्, ‘महिलाहरू तब मात्र सक्षम हुन्छौं जब हामी आर्थिक रुपमा सशक्त हुन्छांै वा आर्थिक रुपमा आत्मनिर्भर हुन्छांै । जब आर्थिक रुपमा बलियो हुन्छौं, तब आफ्ना लागि आफैंले निर्णय गर्न सक्ने क्षमता विकास हुन्छ । यहाँ उपस्थित महिलाहरू त सशक्त हुनुहुन्छ तर अन्य महिलाहरूलाई पनि आर्थिक रुपमा बलियो बनाउन तपाईहरुको ठूलो भूमिका होस भन्ने पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।’ यस्तै, उनले सबैलाई तीजको शुभकामना दिदैँ उपस्थित भएका सबै व्यवसायिक महिलाहरु प्रगतीको कामना पनि गरेकी छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार