तिजका अवसरमा लपुमनपा–२४ को विशेष कार्यक्रम (भिडियो) 

सोमबार, भदौ २, २०८२

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडाले नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजका अवसरमा हिजो एक भव्य कार्यक्रम आयोजना गरेको छ। लपुमनपा–२४ को सहयोगमा वडास्तरीय महिला समितिद्धारा आयोजित उक्त कार्यक्रम महिलाहरू गीत–संगीतमा नाचेका थिए । समूह व्यवस्थापन तथा तिज विशेष कार्यक्रम नाम दिएर वडा कार्यालयले वडा भित्र क्रियाशिल महिला समूहका सदस्यहरूलाई बोलाएर कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य प्रमुख अतिथि थिइन् । कार्यक्रममा वडाअध्यक्ष दिनेश जंग पाण्डेसहित वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।   

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार