३ करोड भारतीयमा कोरोना संक्रमण, मंगलबार थपिए चालीस हजार संक्रमित 

बुधबार, असार १६, २०७८

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७  पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  जनाएको छ । भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सबभन्दा कम हो ।  चालीस  हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ दिन पछि यो पहिलो पटक हो ।  भारतमा सोमबार कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ  । करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि  एक हजार भन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ । हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोना मुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्ति दर ९६.८७ प्रतिशत रहेको छ  । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० डोप कोरोना विरुद्धको खोप लागाइएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार