इजरायली विदेश मन्त्री युएईमा 

बुधबार, असार १६, २०७८

अबुधाबी । इजरायलका विदेश मन्त्री याईर लापिड युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणका लागि अबुधाबी आएका छन् । युएईको भ्रमण गर्ने उनी इजरायलको हालसम्मकै सबैभन्दा उच्च पदाधिकारी हुन् । लापिडको कार्यालयले जारी गरेको विज्ञप्तिमा लापिडको प्रतिनिधिमण्डलमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उस्पिज र अन्य पदाधिकारीहरु रहेको उल्लेख छ ।  दुई दिने यो भ्रमणका अवधिमा लापिडले युएईको राजधानी अबुधाबीमा इजरायलको नवस्थापित राजदूतावास तथा दुबईको कन्सुलेटको उदघाटन गर्नेछन् । येस अटिड पार्टीका नेता समेत रहेका विदेशमन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुन । इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार