पाण्डबखानीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न 

शुक्रबार, चैत २२, २०८१
Global Ime Bank

बागलङ । गलकोट नगरपालिका १० पाण्डबखानीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सचेतता कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १० को आयोजनामा भएको कार्यक्रममा टोल सुधार समिति, आमासमूह, क्लबका प्रतिनिधि लगायतको सहभागितामा ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेले लागू औषधको परिभाषा, दुव्र्यसनको इतिहास, लागू औषधको प्रकार, दुव्र्यसनको लक्षण, दुव्र्यसनमा फस्ने कारण, समाजको भूमिका साइबर क्राइम, छुवाछूतबारे सहजिकरणसहित प्रस्तुति दिएका थिए ।  त्यस्तै गलकोट नगरपालिका वडा नं. १० रमुवामा रहेको  श्री रमुवा आधारभूत बिद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई कार्यालय प्रमुख प्रहरी निरीक्षक काफ्लेले बन डढेलो, लागुऔषध, घरेलु हिंसा, साइबर अपराध तथा बाल अधिकार सम्बन्धी बिषयमा प्रशिक्षण दिएका थिए । नगरकार्यपालिका सदस्य रामप्रसाद वि.कको अध्यक्षतामा आयोजित कार्यक्रम वडासचिव ठाकुर तिमिल्सिनाले संचालन गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार