थपिए दुई हजार ६३६ सङ्क्रमित

मंगलबार, असार १५, २०७८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ७४८ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  सोही अबधिमा सात हजार २५९ पिसिआर र चार हजार ४८९ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आज चार हजार ३४८ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुने ९३ प्रतिशत पुगेको छ । साथै सोही अबधिमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ । हालसम्म  कोरोनाबाट नौ हजार ७१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार