सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख नौ हजार ३३१ पुगेको छ । सोही अवधिमा भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । करिब साढे दुई महिनायता एक हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको देखिएको छ । गत अप्रिल १४ देखि भारतका कोरोना सङ्क्रमणबाट दिनहुँ एक हजार भन्दा बढीको मृत्यु हुने गरेको थियो । हाल भारतमा पाँच लाख ७२ हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टाको समय अवघिमा ५८ हजार ५७८ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख नौ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन् ।– सिन्ह्वा