सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । दिल्लीमा बिगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यो वर्षकै सबैभन्दा कम रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । दिल्लीमा पछिल्लो २४ घण्टामा ८५ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको र चार सङ्क्रमितको मृत्यु भएको हो । दिल्लीमा पछिल्लो २४ घण्टामा २८५ व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल १४ लाख सात हजार व्यक्ति निको भई घर फर्किएका छन् । दिल्लीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५६८ रहेको छ । दिल्लीमा कोभिडका कारण मृत्यु हुनेको दर १.७४ प्रतिशत कायम भएको छ ।
थप ५० हजार सङ्क्रमित, ९६.७५ प्रतिशत सङ्क्रमणमुक्त भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा ५७ हजार ९४४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले भारतमा अहिले पाँच लाख ८६ हजार ४०३ जना अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । यो सङ्ख्या पनि घट्दै गएको देखिएको छ । भारतमा कुल सङ्क्रमित मध्ये ९६.७५ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्का छ । कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल दुई करोड ९२ लाख ५१ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये तीन लाख ९५ हजार ७५१ जनाको मृृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये १.९४ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् । भारतमा अहिलेसम्म ३२ करोड १७ लाख मानिसलाइ कोरोनाभाइरसको खोप लगाइएको छ । ती मध्ये ६४ लाख २५ हजार खोप शनिबार एक दिनमा मात्रै लगाइएको हो ।– एएनआई