सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो । टोकियोमा कोभिड–१९को महामारी अझै पूर्णनियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक पुनरुद्वारा मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल जारी रहने बताएका छन् । महामारी नियन्त्रणमा लिनका लागि राजधानी टोकियोसहित सङ्क्रमण बढी रहेका निश्चित क्षेत्रमा कोभिड–१९ नियन्त्रणका उपायलाई अवलम्बन गर्नुपर्ने देखिएंको उनले बताए । आइतबार एनएचकेको बहस कार्यक्रममा निशिमुराले अहिल्यै महामारी नियन्त्रण नभएको तर टोकियोमा भएको प्रकोपको अवस्थामा सुधार भएको संकेत गरे । उनले कोभिड सङ्क्रमण फैलिन नदिन अपनाइएका कडा नियम बमोजिम मदिरा बेचबिखन गरिरहेका बार र रेष्टुरेन्टमा कडा कदम चाल्नसक्ने विचार गर्न व्यक्त गरे । देशभरको अवस्थाबारे उनले भने, “हल्कादेखि मध्यम लक्षण भएका युवा बिरामीको वृद्धिको कारण आगामी दिनमा सानोदेखि मध्यमआकारका अस्पतालमा भार पर्नेछ । यसमा सबैको सहयोगका लागि सरकारले अपिल गर्दछ ।” निशिमुराले भने, “सरकारका प्रतिनिधिले अस्पतालको शै्ययामा निगरानी राखिनेछ र स्वास्थ्य सेवालाई थप प्रभाबकारी बनाइनेछ ।” एनएचके वल्र्डले उनलाई उद्धृत गर्दै भनेको छ, “बन्द स्थान, भीडभाड भएका ठाउँलगायतका स्थानमा भाइरसको सङ्क्रमण फैलिनसक्ने विज्ञको सुझाबपछि सङ्कटकाल हटाइहाल्ने अवस्था देखिएन ।”– एएनआई