सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा थप १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ८३६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । सो अवधिमा ३,००७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६५ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ९ पुगेको छ । अहिले देशभरिका ५०० भन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लाको सङ्ख्या घटेर २७ वटा रहेका छन । परीक्षण गराएका झण्डै ६ हजारमध्येमा सङ्क्रमण दर १९।१ प्रतिशत रहेको सरकारी विवरण छ । अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ । आइतवार कोरोना संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै २९२ जना काठमाडौंका छन् । मन्त्रालयका अनुसार भक्तपुरमा ३२ र ललितपुरमा १०० जना सङ्क्रमित थपिएका छन् । भारतको अवस्था के छ ? भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५० हजार ४० थपिएको छ । सरकारी विवरण अनुसार उक्त अवधिमा त्यहाँ १,२५८ जनाको कोभिड जोडिएका घटनामा मृत्यु भएको छ । यससँगै त्यहाँ देशभर कुल सङ्क्रमितको सङ्ख्या ३ करोड २ लाख भन्दा धेरै पुगेको छ भने ३ लाख ९५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५,८६।४०३ पुगेको छ । त्यहाँ ३२ करोड १७ लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन् ।