सोसल मिडिया
Contact Us
युनिकोड
ढाका । कोरोना सङ्क्रमणको दर नघटेपछि बङ्गलादेशमा सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमित बढ्दै गएपछि सो घोषणा गरिएको हो । बङ्गलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको छ । बङ्गलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै शुक्रबार यो समाचार सार्वजनिक गरिएको हो । यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी दिए । लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्र भने आलोपालो गरी चल्नेछन् । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालय तथा अदालत बन्द रहेछन् । तर उद्योग तथा मिल आलो पालो सञ्चालन हुने अधिकारीले जनाएका छन् । बङ्गलादेशमा पछिल्लो चौविस घण्टामा पाँच हजार ८३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय सङ्क्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ । अहिलेसम्म बङ्गलादेशमा आठ लाख ७८ हजार ५९४ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।–सिन्ह्वा