सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानकारी दिए । उनका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा आजकासम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ । मन्त्रालयले सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा भने उपचार गराउन सक्ने छन् । यसरी निजी अस्पतालमा उपचार गराउदा सरकारले तोकेको भन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न समेत अनुरोध गरेको छ । सरकारले कोभिड–१९ का सङक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई प्रतिदिन तीन हजार ५०० , मध्यम बिरामीका लागि सात हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपियाँ निर्धारण गरेको छ । कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई सहयोग महालक्ष्मी नगरपालिकाले कोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिकालाई वार्षिक रूपमा २५ हजार सहयोग गर्ने भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले दशाँै नगरसभामा आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्रका अभिभावक गुमाएका १८ बर्ष मुनिका बालबालिकाका अध्ययनका लागि शैक्षिक सहायता प्रदान गर्ने जानकारी दिए । नीति तथा कार्यक्रममा हरित विद्यालयको अवधारणा बमोजिम शिक्षक तथा विद्यार्थी र अभिभावकको संम्लग्नतामा ‘एक विद्यालय एक बगैँचा’,सबै सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स घुम्ती सेवा’ कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । महालक्ष्मी वडा नं ८ मा रहेको लुभू प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल स्तरोन्नतीका लागि जग्गा लगायत पूर्वाधारको विकास गरिने र वडा नं ९ लामाटारमा ५० श्ययाको सरुवा रोग अस्पताल स्थापनका लागि समेत पहल गरिने उल्लेख छ । घरेलु उद्योगलाई प्रोत्साहन गर्न बार्षिक करमा २५ प्रतिशत छुट, ७० वर्ष माथि ज्येष्ठ नागरिकका लागि प्रत्येक महिना घरदैलोमा रक्तचाप , मधुमेह तथा अक्सिजनको मात्रा परीक्षणका साथै औषधि वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वातावरण प्रदूषण गर्ने उद्योगको स्थापना एवं सञ्चालनमा रोक हरेक घरमा हरियाली तथा पोषण प्रवद्र्धन गरिने, यसका लागि कम्तीमा एक जोडी फलफूलको बिरुवा रोपन, ‘एक टोल एक उद्यान’ अभियान अन्तर्गत आगामी आवमा प्रत्येक वडामा एक उद्यान निर्माण तथा वडा नं ६ सिद्धिपुरमा मानेवारीका साथै वडा नं १० लामाटारमा तामाङ सङ्ग्रहालय स्थापना गरिने जनाइएको छ । उक्त कार्यक्रममा सङ्घ, प्रदेश तथा अन्य सङ्घ संस्थाहरूसँगको सहलगानीमा तरकारी तथा फलफूलका लागि शीतभण्डार निर्माण, नगरपालिका भित्र उत्पादित सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन, लामाटार मनमोहन मेमोरियल उद्यान, वडा नं १ इमाडोलमा बहुउद्देश्यीय भवनका साथै नगर सभाहल निर्माण लगायतका रणनीतिक महत्वका योजनालाई बहुबर्षीय योजनाका रूपमा प्राथमिकताका साथ अघि बढाइने बताइएको छ । नीति तथा कार्यक्रमलाई दशँै नगरसभाले सर्वसम्मतिले पास गरेको छ ।