६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

मंगलबार, असार ८, २०७८

काठमाडौं । पहिलो मात्राको कोभिशिल्ड खोप लगाएको लामो समय भैसक्दा पनि दोस्रो मात्राको खोप लगाउन नपाएका ज्येष्ठ नागरिक कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन नपाएपछि नागरिक अभियन्ता चिरञ्जिवी बासगिरीले सर्वोच्चमा रिट हालेका थिए । 
न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको छ । मुद्दामा अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई र अमिता गौतम पौडेल लगायतले बहस गरेका थिए । सो आदेशसँगै १३ लाख वृद्ध, वृद्दाले खोप लगाउन पाउने बाटो खुलेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार