सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नयाँ पार्टी नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत भूभागका नेपाली नागरिकलाई राष्ट्रिय जनगणना २०७८ मा सामेल गर्न माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष युवराज सफलले आज विज्ञप्ति जारी गरी ती नागरिकको नामावली मतदातामा पनि समावेश गरी मत हाल्न पाउने अधिकार दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पार्टी प्रवक्ता सफलले देशभर बाढीपहिरामा परेका नागरिकलाई तत्काल गाँस, बास र कपासको व्यवस्था गर्न र तिनलाई उचित राहत वितरणमा ध्यान दिन सरकारसँग माग गरेका छन् । देशमा कोरोनाको प्रभाव विस्तारै कम भए पनि जोखिम कायम भएको हुँदा सम्पूर्ण नागरिकलाई खोप सेवा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले निषेधाज्ञाबाट प्रभावित सम्पूर्ण किसान, यातायात व्यवसायी, उद्योगी, व्यवसायीलगायतलाई उचित राहत दिन पनि आग्रह गरेका छन् । पार्टीले अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिलाई नेपालको कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउनाका साथै जनप्रतिनिधि, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति हुन नपाउने गरी तत्काल संविधान संशोधन गर्न पनि माग गरेको छ ।