राष्ट्रियता रक्षाका लागि पाँच दल एक ठाउँमा : अध्यक्ष दाहाल

सोमबार, असार ७, २०७८

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन् । पार्टी केन्द्रीय समितिको आजको भर्चुअल बैठकमा वर्तमान राजनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र  जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको प्रष्ट पारे ।  बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय जनप्रतिनिधिलाई निष्काशन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा अधिकांश रौतहट र कैलालीका छन् । सर्वोच्च अदालतले  माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माओवादी पृष्ठभूमिका केही नेताकार्यकर्ता एमालेमै समाहित भएका थिए ।

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार