कोरोनाको नयाँ प्रकारले बालबालिकामाथि पारेको असरबारे अनुसन्धान

बुधबार, पुस ८, २०७७

लण्डन । यूकेका वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ प्रकार बालबालिकाहरूमा सजिलै सर्ने गरेको भन्ने सङ्केतमाथि अनुसन्धान गरिरहेका छन् । यो सङ्केतको पुष्टि भएमा यसबाट कोरोन भाइरस सङ्क्रमणमा ‘उल्लेखनीय मात्रा’मा वृद्धि हुन सक्छ । बालबालिकामा कोरोना भाइरसको नयाँ प्रकारको सम्भावित असरबारे गरिएको दाबी नयाँ भाइरससम्बन्धी परामर्श दिने एउटा सरकारी समूहका सदस्यहरूबाट आएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘खोल्न सकिने अवस्था रहेमा’ आउँदो जनवरी महिनामा विद्यालहरू खुला गर्न चाहेको गत सोमवार बताएका थिए ।

अनिश्चितता
तर भाइरसको नयाँ देखिएको प्रकार बालबालिकाको स्वास्थ्यका लागि पहिलेभन्दा ठूलो खतरा होला त भन्ने विषयमा केही बताइएको छैन । सामान्यतया जहाँ पनि बालबालिकाले भाइरसलाई सहजै पचाउन सक्छन् । तर भाइरसका नयाँ प्रकार देखिएको अवस्थामा भाइरसको सङ्क्रमण फैलाउनमा बालबालिका र तिनका विद्यालयको भूमिका पहिलाभन्दा फरक हुन सक्छ । यो भन्दा अघि देखिएका कोरोना भाइरसका प्रकारको सङ्क्रमण वयस्कको दाँजोमा बालबालिकामा विरलै देखापरेको थियो । त्यसको एउटा कारण बालबालिकाको शरीरको कोषमा कोरोना भाइरस प्रवेश गर्ने मार्गहरू थोरै हुने भएकाले हो भन्ने गरिएको छ । नर्भट्याग र इम्पीरीअल कलेज अफ लन्डनकी प्राध्यापक वेन्डी बाक्र्ले भन्छिन्, ‘कोरोना भाइरसमा देखिएको उत्परिवर्तनले बालबालिकाहरूको शरीरको कोषमा विद्यमान मार्गहरूकै प्रयोग गरेर भित्र छिर्ने अनुकूल अवसरको सिर्जना गरिरहेको जस्तो देखिएको छ ।’
उनी भन्छिन्, ‘यस्तो अवस्थाले कोरोना भाइरस सङ्क्रमणको जोखिमको दृष्टिले बालबालिका पनि वयस्कहरू जस्तै स्थितिमा पुग्न सक्छन् । भाइरसको यो नयाँ प्रकारका बारेमा राम्ररी बुझ्ने कार्य बिजुलीको गतिमा भइरहेको छ । अझै पनि यो विषयमा धेरै अनिश्चितताहरू कायम छन् ।–बीबीसी 
 

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार