गर्भवती व्यथाले जीवन मरणको दोषाधमा, खराव मौसमले उद्धार हुन सकेन

बिहीबार, असार ३, २०७८

सिमकोट । जिल्ला अस्पतालबाट रिफर गरिएका एक गर्भवतीको हवाई उद्धार हुन नसक्दा जीवन र मरणको दोषधमा परेकी छिन् । सुत्केरी व्यथाले छट्पटाइ रहेकी सिमकोट गाउँपालिका  वडा नं ६ का २७ वर्षीया जसमता रोकायाको खराब मौसमका कारण हवाई उद्धार हुन नसकेको हो । जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि गर्भवतीको अवस्था नाजुक बन्दै गएको चिकित्सक टासिआजुक लामाले जानकारी दिए ।  उनका अनुसार ती गर्भवतीमा रगतको कमी तथा पाठेघरमा पानीको मात्रा कम नरहेको जनाइएको छ ।  उनले भने, “ शल्यक्रिया ( अप्रेशन) गर्न सेतो रगत आवश्यक पर्छ ।  रगत छैन  । यही कारण  जिल्ला अस्पतालमा सुत्केरी गराउन नसकिएको हो ।   यहाँ शल्यक्रियाका माध्यबाट सुत्केरी गराउने संम्भव छैन । यसैले रिफर गरेको हुँ ।  ”
अस्पतालका सिनियर अनमी सरिता बोहराले ती गर्भवतीलाई गत जेठ २७ मा सुत्केरी हुने दिन तोकिएको जानकारी दिए । उनले भने, “जिल्ला अस्पतालमा शल्यक्रियाका माध्यबाट सुत्केरी गराउन सकिँदैन । यसैले रिफर गरेका हौँ । ”
सुत्केरी हुन ती गर्भवती यही असार १ गते अस्पतालमा गएकी थिइन । अहिले उनीको अवस्था नाजुक बन्दै गएको जनाइएको छ । सोही  दिन जिल्ला अस्पतालको समन्वयमा उनीलाई  हवाई उद्धारका लागि पहल शुरुआत गरिएको थियो । निरन्तरको वर्षात र खराब मौसमले नेपाली सेनाको हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती जीवन र मरणको दोषाधमा  छिन् ।
“हामीले जिल्ला अस्पतालबाट असार १ गते सूचना प्राप्त गर्ने बित्तिकै हवाई उद्धारको लागि निरन्तर प्रयास जारी राखेका छौँ  । खराव मौसमका कारण हेलिकप्टर आउन सकिरहेको छैन । सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकोप्टरसँग  समन्वय भएको छ  ” प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ।

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार